राजविराज, सप्तरी · मधेश प्रदेश, नेपाल
मधेश कृषि विश्वविद्यालयमधेश कृषि विश्वविद्यालयस्थापना २०७८ · प्रदेशको पहिलो कृषि विश्वविद्यालय
गृहपृष्ठ · सूचना

सूचना तथा जानकारी

५ असारबोलपत्र

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

मधेश कृषि विश्वविद्यालयका लागि कृषि मेसिनरी तथा उपकरण खरिद तथा आपूर्ति सम्बन्धी बोलपत्र मूल्याङ्कन गर्दा तपसिल बमोजिमको बोलपत्र अधिकतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएकोले सम्बन्धित सबैको जानकारीका लागि ७ दिने बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ। छनौट भएको फर्म रिचा मोटर्स प्रा.लि., मुजेलिया–१४, जनकपुरधाम रहेको छ। बोल रकम भ्याट बाहेक रु. २,९१,९९,९४६.९० रहेको छ।

१८ असारसूचना

विषयको रोस्टर सम्बन्धी सूचना

मधेश कृषि विश्वविद्यालय, राजविराजको विभिन्न शैक्षिक, परीक्षा तथा अनुसन्धान कार्यका लागि तपसिलका विषयमा विशेषज्ञहरूको सूची तयार गर्नुपर्ने भएकाले सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर गरेका इच्छुक नेपाली नागरिकले विषय तथा Updated CV विश्वविद्यालयको Email: mau@mau.edu.np मा PDF बनाई २०८३ श्रावण मसान्तभित्र पठाइदिनुहुन अनुरोध गरिएको छ।

११ साउनबोलपत्र

सूची दर्ता गराउने सम्बन्धी सूचना

मधेश कृषि विश्वविद्यालयका लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने विभिन्न सामान आपूर्ति, मर्मत तथा सेवा प्रदान गर्न इच्छुक आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैरसरकारी संघ संस्था तथा सेवा प्रदायकहरूलाई आवश्यक कागजातसहित २०८३ भाद्र मसान्तभित्र रीतपूर्वकको निवेदन पेश गरी सूची दर्ता गर्न आह्वान गरिएको सम्बन्धी सूचना।

२६ साउनसूचना

B.Sc. Ag. (Hons.) पाँचौं तथा सातौं सेमेस्टरमा कोर्स रजिष्ट्रेशन सम्बन्धी सूचना

मधेश कृषि विश्वविद्यालय, कृषि संकाय अन्तर्गत B.Sc. Ag. (Hons.) पाँचौं तथा सातौं सेमेस्टरमा अध्ययनरत हालसम्म कोर्स रजिष्ट्रेशन नगरेका विद्यार्थीहरूले बाँकी रकम भुक्तानी गरी २०८३/०४/३१ गतेसम्म अनिवार्य रूपमा कोर्स रजिष्ट्रेशन गर्नुपर्नेछ। साथै, मिति २०८३/०५/०९ गतेदेखि कक्षा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ।

२९ साउनसूचना

B.Sc. Ag. (Hons.) तहमा आवेदन फारम भर्ने म्याद थप सम्बन्धी सूचना

शैक्षिक सत्र २०८३/८४ अन्तर्गत कृषि संकायमा चार वर्षे कृषि स्नातक तह (B.Sc. Ag. Hons.) मा विद्यार्थी भर्नाका लागि आवेदन फारम भर्ने म्याद थप गरिएको छ। अब अनलाइन आवेदन फारम २०८३/०५/१६ गते मंगलबार राति १२:०० बजेसम्म भर्न सकिनेछ।

१६ भदौसूचना

B.Sc. Ag. (Hons.) तहमा आवेदन फारम भर्ने म्याद पुनः थप सम्बन्धी सूचना

शैक्षिक सत्र २०८३/८४ अन्तर्गत कृषि संकायमा चार वर्षे कृषि स्नातक तह (B.Sc. Ag. Hons.) मा विद्यार्थी भर्नाका लागि आवेदन फारम भर्ने म्याद पुनः थप गरिएको छ। अब अनलाइन आवेदन फारम २०८३/०५/२१ गते बुधबार राति १२:०० बजेसम्म भर्न सकिनेछ।

३१ भदौसूचना

B.Sc. Ag. (Hons.) तहमा आवेदन फारम भर्ने म्याद पुनः थप सम्बन्धी सूचना

शैक्षिक सत्र २०८३/८४ अन्तर्गत चार वर्षे कृषि स्नातक तह (B.Sc. Ag. Hons.) मा विद्यार्थी भर्नाका लागि आवेदन फारम भर्ने म्याद पुनः थप गरिएको छ। अब अनलाइन आवेदन फारम २०८३/०६/१२ गते राति १२:०० बजेसम्म भर्न सकिनेछ।

२४ मंसिरदरखास्त / रोजगारी

शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना सम्बन्धी सूचना

मधेश कृषि विश्वविद्यालयमा विभिन्न शिक्षक तथा कर्मचारी पदहरूमा करार सेवामा भर्नाका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको सम्बन्धी सूचना। तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

२९ साउनभर्ना

B.Sc.Ag.(Hons.) तहमा आवेदन फारम भर्ने म्याद थप सम्बन्धी सूचना

शैक्षिक सत्र २०८३/८४ को चार वर्षे कृषि स्नातक (B.Sc. Ag. Hons.) तहमा विद्यार्थी भर्नाका लागि मिति २०८३/०४/२९ गते शुक्रबारसम्म रहेको Online आवेदन फारम भर्ने म्याद मिति २०८३/०५/१६ गते मंगलबार राति १२:०० बजेसम्मका लागि थप गरिएको छ।

३१ असारभर्ना

कृषि स्नातक (B.Sc. Ag. Hons.) तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना

शैक्षिक सत्र २०८३/०८४ का लागि चार वर्षे कृषि स्नातक (B.Sc. Ag. Hons.) तहमा मिति २०८३/०३/३२ गतेदेखि entrance.mau.edu.np बाट Online आवेदन दिन सकिनेछ। आवेदकले आई.एस्सी. वा १०+२ (विज्ञान/कृषि) मा कम्तीमा द्वितीय श्रेणी वा ‘C’ ग्रेड (CGPA 2.0) उत्तीर्ण भई लब्धाङ्कपत्र, नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ। प्रवेश परीक्षा शुल्क रु. २,०००।– eSewa वा Khalti मार्फत अनलाइन बुझाउनुपर्नेछ।